
उदयपुर । उदपुरका २५ बर्षीय युवक कोरोना जितेर घर फर्केका छन् । संक्रमित युवक २७औं दिनमा निको भएर कोसी अस्पतालबाट आज डिस्र्चाज भएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा जानकारी दिए ।
युवकको लगातारको रिर्पोट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ३६ पुगेको छ ।










