आईसीयुमा उपचाररत एक बिरामीको भरतपुर अस्पतालमा मृत्यु

चितवन । आईसीयुमा उपचाररत एक विरामीको चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको परोहा नगरपालिका ८ का ६८ बर्षका पुरुष रहेका छन् ।

उनको मंगलबार बिहान आइसीयुमै रहेका बेला मृत्‍यु भएको अस्पतालले जनाएको छ । चार महिनादेखि टिबीको औषधि सेवान गरीरहेका उनको आइतबार देखि स्वासप्रश्वासमा समस्या देखिएको थियो ।

श्वासप्रश्वासको समस्या भएपछि आइतबार राति नै उनलाई भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । उनको मृत्युको कारण नखुलेपनि कोरोना परीक्षणका लागि सोमबार नै स्वाब संकलन गरी भरतपुर प्रयोगशालामा पठाइएको अस्पतालले जनाएको छ ।

ती विरामलाई क्यान्सरको आशंका अस्पतालले गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार