भारतमा कोरोना संक्रमितको संख्या ११ लाख नाघ्यो, एकैदिन ४० हजार बढीमा संक्रमण पुष्टि


काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ११ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४० हजार ४ सय २५ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमितको संख्या ११ लाख नाघेको हो ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना संक्रमितको संख्या ११ लाख १८ हजार ४२ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका हुन् ।

त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि २७ हजार नाघिसकेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण २७ हजार ४९७ जनाको मृत्यु भइसकेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्र कोरोना भाइरसको कारण ८१ जनाको मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार