मिस वर्ल्ड २०१८ को ताज पहिरने सौभाग्य मेक्सीको लियोनलाई

काठमाडौं । मिस वर्ल्ड २०१८ को उपाधी मेक्सिकोकी वैनेसा पोंस डि लियोनले जितेकी छन । चीनको सान्यामा शनिवार सम्पन्न ग्राण्ड फिनालेमा लियोनलाई मिस वर्ल्ड २०१८ घोषणा गरिएको हो ।

साविक विजेता भारतिय सुन्दरी मानुसी चिल्लरले लियोनलाई मिस वर्ल्ड २०१८ को आर्कषक ताज पहिर्याइन ।
११८ देशका सुन्दरीहरुले प्रतियोगीताका विभिन्न राउण्डमा सहभागि भएकी थिइन जसमा मेक्सिको लियोन प्रथम भइन र मिस वर्ल्डको ताज पहिरने सौभाग्य पाईन ।

साविक विजेता चिल्लरले खुशी हुंदै आफ्नो उत्तराधिकारीको रुपमा लियोनलाई ताज पहिर्याउदां माहोल अति नै मनमोहक देखिन्थ्यो ।

लियोनले आफ्ना शुभचिन्तक, सहयोगीहरुलाई धन्यवाद सहित बधाई समेत भनेकी छन । आफुले पाएको मिस वर्ल्डको उपाधीको गरिमा उच्च राख्न अझै आफ्नो लक्ष्यमा दत्त चित्त भएर लाग्ने समेत बताइन । मिस वर्ल्डको ताज शिरमा लगाउँदाको क्षण अत्यन्त उत्साहपुर्ण रहेको समेत प्रतिकृया दिएकी छन ।

प्रतियोगितामा मिस वर्ल्ड रनर अप भने थाईल्याण्डकी निकोलिन पिचपा लिम्सनुकान भएकी छन ।

मिस वर्ल्डको टप ५ मा पर्ने अन्य सुन्दरीहरुमा क्रमस, बेलारूसकी, मिस वर्ल्ड यूरोप मारिया वासिलिविच, जमैकाकी मिस वर्ल्ड कैरेबियन कदीया राबिन्सन, र युगांडाकी मिस वर्ल्ड अफ्रीका क्विइन अबेनकायो रहेका छन ।

नेपालबाट सहभागि हेटौडाकी २३ बर्षिय श्रृंखला खतिवडा भने प्रतियोगिताको उत्कृट १२ मा परेकी छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार