गुल्मीमा गएरातिदेखि एक साताका लागि निषेधाज्ञा जारी


गुल्मी । गुल्मीमा गएराति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको निषेधाज्ञा गर्ने निर्णय गरेपछि गएरातिदेखि एक साताका लागि निषेधाज्ञा गरिएको हो ।

निषेधाज्ञा जारी भएपछि खाद्यान्न, तरकारी, फलफूल, दूध, पानी, औषधि, बोक्ने मालबाहक गाडी र एम्बुलेन्सबाहेक मोटरसाइकलसहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्णरुपमा रोक लगाइएको छ ।

स्थानीय प्रशासनले निषेधाज्ञामा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सबै सर्वसाधारणलाई अनुरोध गरेको छ । त्यस्तै चाडपर्व बनाउदा पनि भिडभाड नगर्न आग्रह गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार