भदौ १५ गतेसम्म थपियो हेटौंडामा निषेधाज्ञा


हेटौंडा । कोरोनाको जोखिम कायमै रहेकाले हेटौंडामा निषेधाज्ञा थप गरिएको छ । हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाले निषेधाज्ञा भदौ १५ गतेसम्म थप गरेको हो ।

कोरोनाको जोखिम बढेपछि यसअघि साउन २६ गतेबाट सुरु गरिएको निषेधाज्ञा भोली भदौ ९ गते सकिदै छ । त्यसैगरी संक्रमित बढेपछि मकवानपुरका अन्य मनहरी गाउँपालिका र थाहा नगरपालिकासहित स्थानीय तहले पनि निषेधाज्ञा जारी गरेका छन् ।

निषेधाज्ञामा अत्यावशेक काम बाहेर घर बाहिर ननिस्किन सर्वसाधरणलाई स्थानीय प्रशासनले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार