बुढेसकालमा नेता वामदेव गौतम मोडलिङ तिर (भिडियोसहित)


काठमाडौं । सत्तारुढ नेकपाका नेता वामदेव गौतमले पहिलो पटक गीतमा अभिनय गरेका छन् । उनले आफैले लेखेको दशेभक्ति ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ बोलको गीतमा अभिनय गरेका हुन् ।

यो गीतमा मनोहर सुनामको एरेन्जमा दिग्गज संगीतकार शम्भूजित बास्कोटाले संगीत दिएका छन् । गीतमा रोशनराज गुरुङ, माण्डवी त्रिपाठी, र अञ्जना गुरुङले स्वर रहेको छ ।

योसँगै गौतमले ४३ वटा गीतहरु लेखिसकेका छन् । उनका ४३ वटा गीतहरुलाई एकत्रित गरी गीति संग्रह पनि प्रकाशनमा ल्याइएको छ । उनका सबै गीतहरु राष्ट्रियताले ओतप्रोत छन् । त्यसबाहेक  सामाजिक तथा सांस्कृतिक विषयहरुलाई उठान गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय भगवना राम नेपालमा जन्मेको भन्दै प्रचार गरिरहेका बेला नेता गौतमले बुद्धको प्रचार गर्दै यस्तो गीत लेखेका हुन् ।

भिडियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार