
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनमा सराहनीय काम गरेका छन् ।
आइतबार परेको जन्मदिनको अवसरमा मन्त्री भट्टराईले एसिड पीडित मुस्कान खातुनलाई नगद ५० हजार आर्थिक सहयोग गरेर जन्मदिन मनाएका हुन् ।
गत बर्ष भदौ २० गते घरवाट विद्यालय जादै गर्दा वीरगञ्जमा खातुनमाथि दुई युवाले एसिड प्रहार गरेका थिए । एसिड प्रहारबाट शक्त घाइते खातुनको अहिले पनि उपचार जारी रहेको छ ।
खातुनलाई हौसला र उनको उपचारमा सहयोग होस भन्ने उदेश्यले आर्थिक सहयोग गरिएको भट्टराईको सचिवालयले जनाएको छ ।
मन्त्री भट्टराईले खातुनलाई भविष्यमा डाक्टर बन्ने शुभकामना समेत दिएका छन् । आफुले दिएको रकम बैंकमा जम्मा गर्न र डाक्टर पढ्ने बेला खर्च गर्न उनले आग्रह समेत गरे ।
मन्त्री भट्टराईले २०७२ सालदेखि हरेक वर्ष आफ्नो जन्मदिनमा असहाय, पीडित, विपन्न बालबालिकालाई आर्थिक सहयोग गर्दै आएका छन् ।केही दिन अघि मात्रै खातुनलाई प्रधानमन्त्रीले समेत वालुवाटार बोलाएर शिक्षाको प्रवन्ध गर्ने वचन दिएका थिए ।












