काठमाडौं । काठमाडौं उपत्यकामा २४ घण्टामा थप ६ सय ७६ जनामा कोरोना पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ सय ७६ जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित हुनेमा काठमाडौंका ५५५, भक्तपुरका ८६ र ललितपुरमा ३५ जना रहेका छन् ।