
काठमाडौं । काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १२ सय ८० सहित उपत्यकामा थप १६ सय ३८ जना नयाँ संक्रमित थपिएका हुन् ।
संक्रमित मध्ये ललितपुरमा १६२ र भक्तपुरमा १९६ रहेका छन् । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।









