
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवा नेतृत्वको सरकार बनाउन सुहयोग गरेको गठबन्धनलाई भत्काउने प्रयास भैरहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
शनिबार पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले संसद विघटनविरुद्धको संघर्षमा बनेको गठबन्धनलाई आफूले बचाउन खोजे पनि कहीँ कतैबाट भत्काउने प्रयास भैरहेको बताएका छन् । उनले भने, ‘गठबन्धन टुटाउने प्रयास भयो । बचाउने प्रयास गर्यौं । अहिले पनि भत्काउने प्रयास भैरहेको छ । एमसीसीमा भिडाएर झगडा गराउन खोजिदैछ।’
संविधान बचाएर ठूलै लडाइँ जितिएको भएपनि अझै धेरै चुनौती बाँकी रहेकाले ति चुनौतीलाई सामाना गर्दै अगाडी बढ्नु पर्ने बताएका छन् ।











