
काठमाडौं । काठमाडौं उपत्यकामा थप १ हजार ५ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ५ सय ३१ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमितमध्ये सबै भन्दा धेरै काठमाडौंमा १ हजार १ सय ७८, ललितपुरमा २ सय ५० र भक्तपुरमा १ सय ३ जना रहेका छन् । पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सावधानी अपनाउन सरकारले सबैलाई आग्रह गरेको छ ।









