उपत्यकामा थपियो दुई साता निषेधाज्ञा,अत्यावश्यक बाहेक घर बाहिर निस्किन नपाउने


काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि थप दुई साता निषेधाज्ञा लम्बिएको छ । उपत्यकाका तिनै जना प्रमुख जिल्ला अधिकारीसहितको बैठकले आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

कोरोना महामारी नियन्त्रणका लागि उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएको थियो। अवस्था नियन्त्रणमा आइनसकेको हुनाले प्रशासनले वैशाख २२ गते पुनः एक साता थप गर्दै हिजो राति १२ बजेसम्मका लागि निषेधाज्ञा थपेको थियो।

कोरोना सङ्क्रमण र मृत्यु दर उच्च रहेकाले निषेधाज्ञा थप गरिएको र यसअवधिमा अत्यावश्यकबाहेक कार्यालय बन्द रहने समेत प्रशासनले जनाएको छ।

निषेधाज्ञामा अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान १० बजेसम्म पसलहरु खुला रहने भएका छन्।

सर्वसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन नपाउने समेत प्रशासनले जनाएको छ । थप गरिएको निष्नेधाज्ञामा सार्वजनिक एवम् निजी सवारी साधन जेठ १३ गते राति १२ बजेसम्म उपत्यकामा सञ्चालनमा रोक लगाइएको छ।

निषेधाज्ञामा विवाह, ब्रतबन्ध जस्ता कार्यक्रमहरु होटल तथा पार्टी प्यालेसमा गर्न नपाइने तर घरमै गर्दा दश जनाभन्दा बढी उपस्थित हुन नपाइने प्रशासनको आदेश छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार