
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी थप ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लख ६४ हजार २१८ पुगेको छ भने मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ ।
मन्त्रालयले दिएको जानकारीअनुसार आज कोरोना निको भएर घर जानेको संख्या ५ हजार ७६७ रहेको छ भने हालसम्म संक्रमणमुक्त भएर घर जानेको संख्या ३ लाख ५५ हजार २२३ पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालमा अझै एक लाख ६ हजार ५१० जना होम आइसोलेसनमा छन् भने छ हजार ९७० जना संस्थागत आइसोलेसनमा उपचारत छन् । त्यस्तै आईसीयूमा एक हजार २५९ जना र भेन्टिलेटरमा ४ सय छन् ।










