
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९६ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न ठाउँमा पछिल्लो २४ घण्टामा गरिएको कोरोना परीक्षणमा ८ हजार २०३ संक्रमित थपिएका छन् । योसंगै नेपालमा अहिलेसम्म संक्रमितको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालहरुबाट कोरोना निको भएर ६ हजार ८९१ जना घर फर्केका छन् ।










