
सिन्धुली । संसद विघटनको विरोधमा युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेका छन् । शनिवार साँझ सिन्धुलीमा कांग्रेसका यूवाहरुले ओलीविरुद्ध नारावाजी गर्दै पुत्ला दहन गरेका हुन् ।
प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या भण्डारी मिलेर संविधानको हत्या गर्दै संसद विघटन गरेको भन्दै युवाहरुले सिन्धुलीमको शान्ति नगर चोकमा ओलीको पुत्ला दहन गरेको छन् ।
कोरोनाबाट जनता बचाउनतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्ने बेलामा प्रधानमन्त्री ओलीले आफ्नो सत्ता लम्ब्याउने अर्को खेल खेलेको युवा नेताहरुको भनाई छ ।
प्रधानमन्त्रीको सिफारीसमा राष्ट्रपतिद्धारा घोषणा गरिएको मध्यावधी चुनावले देश र जनतामाथि थप आर्थिक संकट निमत्याउने उनिहरुको ठहर छ ।
प्रधानमन्त्री ओलीको सिफारीसमा शुक्रबार मध्यराति राष्ट्रपति भण्डारीले संसद विघटन गरी चुनावको मिति घोषणा गरेकी थिईन ।
जसको विपक्षी दल र नागरिकस्तरबाट चर्को विरोध भइरहेको छ ।
विपक्षी दलहरुले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध न्यायिक लडाई लड्ने निर्णय नै गरेका छन् ।











