नेपालमा आज थप ७,९१४ जनामा संक्रमण पुष्टि, ७,६६४ जना निको


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ९१४ जनामा कोरोना पुष्टि भएको छ । आइतबारको स्वास्थ्य मन्त्रालयले गरेको प्रेस ब्रिफिङअनुसार देशभर ७ हजार ६६४ जना निको भएका छन् ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा देशभर १९३ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

हिजो देशभर ८ हजार ९८० जनामा संक्रमण पाइएको थियो । ८ हजार ८४८ जना कोरोना निको भएका थिए भने हिजो देशभर मृतकको सख्यां १२९ थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार