उपत्यकामा आज पनि २८ सय बढी संक्रमित थपिए, काठमाडौंमा कति ?


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ८२१ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज पनि काठमाडौंमा १ हजार ७६१ जना नयां संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा ३६६ र ललितपुरमा ६९४ जनामा संक्रमण पाइएको छ ।

पछिल्लो २४ घण्टामा देशभर भने ७ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १९३ जनाको मृत्यु भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार