राजेन्द्र महतोको अभिब्यक्ति राष्ट्रघाती र विखण्डनकारी – खनाल


काठमाठौं । एमालेका नेता तथा पूर्वप्रधानमन्त्री झननाथ खनालले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिब्यक्ती राष्ट्रघाती भएको बताएका छन् ।

महतोको अभिब्यक्तीबारे शनिवार सामाजिक संजालमा प्रतिकृया दिदै नेता खनालले भनेका छन्,” नेपाललाई ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्ति सुन्दा मलाई आश्चर्यचकित पारेको छ। यो अभिव्यक्ति सोझै राष्ट्रघाती अभिव्यक्ति हो” ।

केपी ओली नेतृत्वको काम चलाउ सरकारका शहरी बिकास मन्त्रीको समेत जिम्मेवारी सम्हालेका महतोले नेपाललाई बहुलराष्ट्र बनाउने भनि दिएको अभिब्यक्ती अराजक, विखण्डनकारी र संविधान विरोधी रहेकाले खेदपूर्ण रहेको उनले बताए ।

“जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको गैर जिम्मेवार अराजक, विखण्डनकारी र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण र खेदपूर्ण छ”, नेता खानालले फेसबुकमार्फत प्रतिकृया दिएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार