
काठमाडौं । काठमाडौं महानगरपालिकाद्धारा सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई २ करोड रुपैयाँ सहयोगको घोषणा गरिएको छ ।
महानगरका मेयर विद्यासुन्दर शाक्यले बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्ची र हेलम्बुका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् ।
उक्त रकम बाढी प्रभावितको राहत तथा उद्धारमा खर्च गर्नका लागि दिइने मेयर शाक्यले जानकारी दिए ।
हेलम्बु र मेलम्चीले काठमाडौंलाई पानी दिएको कारण पनि महानगरले सहयोग गरेको मेयर शाक्यको भनाई छ ।
मंगलबार राति बाढीले मेलम्ची खोलामा बाढी आउँदा हेलम्बु र मेलम्चीका ७ जनाको ज्यान भएको छ भने मेमल्ची तल्लो बजार पुरै बगरमा परिणत भएको छ । त्यहाँ स्थानियहरुलाई अहिले सुरक्षित स्थानमा सारिएको छ ।











