
काठमाडौं । जातका आधारमा कोठा भाडामा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी रिहा भएकी छन् । उनलाई जिल्ला अदातल काठमाडौंले प्रमाण नपुगेको भन्दै रिहा गरेको हाे ।
केही दिन अघि काठमाडौंको बबरमहलकी घरधनी सरस्वती प्रधानले जातीयताका आधारमा आफुलाई कोठा भाडामा नदिएको भन्दै रुपा सुनारले जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा प्रहरीले अनुसन्धानका लागि तीन दिनअघि उनलाई पक्राउ गरेको थियो ।












