
काठमाडौं । काठमाडौं प्रवेश गर्ने मुख्यद्धार नागढुंगाबाट १५ सय लागुऔषधसहित तीनजना पक्राउ परेका छन् । महानगरी प्रहरी प्रभाग नागढुंगाले काठमाडौं भित्रने सवारी साधनलाई चेकजाँच गर्नेक्रममा उक्त एम्पुल औषधिजन्य लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्सा पकाहा मैनपुर गाउँपालिका ३ का १९ वर्षीय नितेश पटेल, बारा कलैया उपमहानगरपालिका २ घर भइ हाल कीर्तिपुर बस्ने १९ वर्षीय रविन्द्र प्रसाद कुर्मी र पर्सा सखुवापर्सौनी गाउँपालिका ३ घर भइ कीर्तिपुर बस्दै आएका २० वर्षीय फैयाज अन्सारी रहेका छन् ।
बिरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ४१३२ नम्बरको बसमा चेकजाँज गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट डाइजीपाम ५ सय एम्पुल, नूफिन ५ सय थान र फेनेर्गन ५ सय एम्पुल गरी जम्मा १५ सय एम्पुल लागुऔषध बरामद गरेको छ ।












