पब्जी खेल्न नदिएको भन्दै छोराले गरे आमाको हत्या


काठमाडौं । पब्जी खेल्न नदिएको भन्दै छोराले आमाको हत्या गरेका छन् । भारतको लखनउस्थित यमनापुरमका १६ वर्षीय एक किशोरले अनलाइन खेल पब्जी खेल्न नदिएको झोंकमा आफ्नै आमाको गोली हानेर हत्या गरेका हुन् ।

पब्जीको लत परेका छोरालाई आमाले नखेल्न भनेपछि उनले बुवाको लाइसेन्सप्राप्त पेस्तोल चलाएर आमाको हत्या गरेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।

किशोरका बुवा भारतीय सेनामा कार्यरत छन् । यो घटना गत आइतबार बिहान ३ बजेतिर घटेको भएपनि मंगलबार मात्रै प्रहरीले थाहा पाएको थियो ।

किशोरले आमाको हत्यापछि दुई दिनसम्म शव कोठामा बन्द गरेर राखेका थिए । आमाको हत्या गर्दा उनकी बहिनी पनि सँगै रहेको प्रहरीले बताएको छ। तर उनले बहिनीलाई यो कुरा कसैलाई भने मारिदिने धम्की दिएको र शवको गन्ध हटाउन उनले रुम फ्रेसनर स्प्रे प्रयोग गर्ने गरेको प्रहरीको अनुसंन्धानबाट खुलेको छ।

मंगलबार भने ती किशोर आफैंले घटनाबारे आफ्नो बुवालाई जानकारी गराएपछि उक्त घटना प्रहरीसम्म पुगेको थियो । किशोर अहिले प्रहरी नियन्त्रणमा छन् ।

सुरुमा ती किशोरले घटनाको झुटो विवरण बताउने गरेका थिए । उनले घरमा आउने गरेका इलेक्ट्रिसियनमाथि आरोप लगाउने गरेका थिए । तर अनुसन्धान गर्दै जाँदा उनले आमाको हत्या गरेको स्वीकार गरेको समाचारमा उल्लेख छ ।

भारत सरकारले दुई वर्ष अघि चीनमा निर्मित पब्जीसहित ११८ मोबाइल एप्सलाई बन्द गराएको थियो । भारतमा यो खेलको मोबाइल एप्स प्रतिबन्धित भए पनि डेस्कटप भर्जन भने उपलब्ध थियो । पब्जी खेलले बालबालिकाहरुको मानसिकतामा नकारात्म र हिंसाजन्य गतिविधि गर्न उत्प्रेरित गर्ने भन्दै नेपालमा पनि पब्जी बन्द गर्नुपर्ने आवाज बेला बेला उठिरहेको छ ।

भिडियो पनि हेरौं

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार