नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा युवक पक्राउ

सप्तरी । नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा समिरा शर्मा (बेबी) नामको नक्कली आइडी बनाएर पीडितको तस्वीरसँगै अन्य महिलाहरुको अश्लील तस्वीर, भिडियो पोस्ट गर्दै धम्कस्पुर्ण म्यासेज पठाउने सप्तरीको सुरूङगा नगरपालिका १ बस्ने १९ वर्षीय सुमित कुमार थापालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका थापाविरुद्ध आज काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्‍याद थप गरेर अनुसन्धान भइरहेको नेपाल प्रहरीको साइवर ब्युरोले जनाएको छ ।

थापालाई विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ। सामाजिकसंजालको गलत प्रयोगका कारण बालबालिकादेखि किशोर किशोरीहरु पीडित हुँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार