
काठमाडौं। लोकदोहोरी क्षेत्रका चर्चित कलाकार छत्र शाही र काजल जोशीले विधिवत रुपमा विवाह गरेका छन् । आज बिहान काठमाडौंको पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमा दुबै जनाले धार्मिक विधिअनुसार विवाह गरेका हुन्।
लोकदोहोरी गाउँदा गाउँदै प्रेममा परेका यि जोडीले २०७८ सालमा जुम्लामा सामाजिक विवाह गरेपनि सिन्दूर हालेका थिएनन् । जुन आज विभिपुर्वक सम्पन्न गरेका छन् । हिमालय टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘इन्द्रेणी’ मा यो जोडी निकै चर्चित छ। काजल कैलाली हुन भने छत्र जुम्लाका हुन् ।
विवाहमा इन्द्रेणी कार्यक्रमका संचालक कृष्ण कँडेल लगायतको टोली गुह्येश्वरी मसन्दर पुगेर नवविवाहित जोडीलाई बधाई दिएको थियो ।












