काठमाडौं। शिवरात्रीको अवसरमा १००८ त्रिशुलसहितको शान्ति पदयात्रा हुने भएको छ । ॐकार शक्ति नेपालको आयोजनामा महाशिवरात्रीको अवसरमा १००८ त्रिशुलसहितको शान्ति पदयात्रा हुने भएको हो। शक्ती नेपालले काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी फागुन ८ गते शिवरात्रीको अवसरमा १००८ त्रिशुलसहितको शान्ति पदयात्रा गर्ने कार्यक्रम तय गरिएको जानकारी गराएको हो ।
सनातन धर्मका विषयमा विभिन्न प्रकारका शंका÷उपशंका पैदा भएले त्यसको निराकरणका लागि त्रिशुलसहितको धार्मिक पदयात्रा तय गरिएको आयोजक संस्थाको जनाएको छ ।
संस्थाले जारि विज्ञप्तिमा भनिएको छ, ‘धर्मो रक्षति, रक्षितः’ को मूल मर्मलाई आत्मसात् गर्दै धर्मको रक्षाबिना कसैको पनि संरक्षण र सुरक्षा सम्भव छैन भन्ने सोच र भावनाको विकास गर्दै सबैलाई यसप्रति अभिप्रेरित गराउने पवित्र उद्देश्यको साथ आगामी २०७९ सालको पावन पर्व शिवरात्रीको अवसरमा पहिलोपटक ऐतिहासिक रुपमै १००८ त्रिशुलसहितको शान्ति पदयात्रा–२०७९ यही फागुन ८ गते गर्न लागिएको हो । जसले समस्त् सनातन धर्मालम्बीहरुलाई ॐ को सास्वत शक्तिभित्र एकशुत्रमा बाँधेर धर्म र राष्ट्रको संरक्षण तथा विकासमा अभिप्रेरित हुन प्रेरित गर्नेछ । यो शान्तिपूर्ण पदयात्रा शान्ति क्षेत्र नेपाल निर्णयार्थ कोशेढुंगाको रुपमा सावित हुनेछ।’
भिडियो पनि हेरौं