
काठमाडौं। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले उपराष्ट्रपति पुरुष बन्ने संभावना बढेर गएको बताएका छन् । भक्तपुरको बोडेमा जारि एकीकृत सरकारी सर्मचारी संगठन, नेपालको दुई दिने राष्ट्रिय अधिवेशनको दोस्रो दिनको कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै नेता खनालले फेरि उपराष्ट्रपति पुरुष नै बन्ने संभावना बढेर गएको बताएका हुन् ।
उनले संविधानमा पुरुष राष्ट्रपति भए उपराष्ट्रपति महिला हुनुपर्ने प्रष्ट प्रावधान रहेको भएपनि त्यसको बेवास्ता गर्दै उपराष्ट्रपतिमा पुरुष नै बनाउने संभावना बढेर जानु दुखत भएको समेत बताए ।
संविधानमा प्रष्ट ब्यवस्था हुँदा हुँदै पनि दलहरुको स्वार्थ र पितृसत्ताको परिणामका कारण यस्तो हुन लागेको नेता खनालको भनाई छ ।
उनले संविधानमा भएका हकअधिकार कार्यान्वयन गराउन र पितृसत्ताबिरुद्ध सबैले एकजुट भएर लड्नु पर्नेमा जोड पनि दिए ।
‘अर्को समुदायको होनी योत भनेर फेरि पनि उपराष्ट्रपतिमा पुरुष नै ल्याउने संभावना बढेर गएको छ । यो पितृ सत्ताकाविरुद्ध लड्न पर्ने आवश्यकता छ । साथै यस्ता विभिन्न दमन, शोसण र अन्यायकाविरुद्ध विभिद क्षेत्रबाट संघर्षका कार्यक्रमहरु लागडी बढाएर लैजानुपर्छ’, नेता खानालले भने ।
आगामी चैत्र ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको दिन हो । उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले आज बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म समय तोकेको थियो । उक्त समयमा सत्ता गठबन्धनबाट जसपाका रामसहाय प्रसाद यादव, प्रमिलाकुमारी यादव, जनमत पार्टीबाट ममता झा र एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएका छन् ।












