अधिवक्ता भगवती पाण्डे २४ घण्टा नबित्दै थुनामुक्त


काठमाडौं । विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ २४ घण्टा नबित्दै छुटेकी छन् ।

जिल्ला अदालत, काठमाडौंले हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति नदिएपछि उनलाई थुनामुक्त गरिएको जिल्ला प्रहरी परिसर टेकु, काठमाडौंले जनाएको छ ।

प्रहरीले बताएअनुसार अधिवक्ता पाण्डेले प्रमाण नष्ट गर्ने अवस्था नभएकाले अदालतले हिरासतमा राख्न म्याद नदिएको हो। पाण्डेले दुई साताअघि एउटा टेलिभिजन कार्यक्रममा अन्तवार्ता दिदैं तामाङ, मगर र मुस्लिम समुदायमा दाजु बहिनीबीच विवाह हुने गरेको भन्दै विवादित अभिब्यक्ति दिएकी थिएन् ।

सोहि अभिब्यक्तीलाई लिएर टेकु प्रहरीमा परेको उजुरीको आधारमा साउन १२ गते पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भएको पाँच दिन बित्नै लाग्दा पनि प्रहरीले पक्राउ नगरेको भन्दै मगर र तामाङ समुदायका ब्यक्तिहरुले हिजो दिउँसो १ बजेदेखि टेकु प्रहरीमा धर्नासहित नाराजुलुस गरेका थिए । नाराजुलुस गर्दै गर्दा प्रहरीले पाण्डे पक्राउ परिसकेको खबर आन्दोलनकारीलाई दिएका थिए ।

पाण्डे पक्राउ परेको खबर सुनेपछि तामाङ र मगरका अगुवाहरुले टेकु प्रहरीमा गई अधिवक्ता पाण्डेलाई प्रहरीले बयान लिइरहेको देखेपछि धर्ना कार्यक्रम स्थगित गर्न कोणसभा गर्ने तयारी गर्दा प्रहरीसंग झडप भएको थियो । आन्दोलनकारीले प्रर्दशन गर्दा अवरुद्ध भएको बाटो खुलाउन खोज्दा प्रहरीले लाठीचार्ज गरेपछि झडप भएको हो ।

लाठीचार्जपछि प्रर्दशनकारीहरुले ढुंगामुडा गर्दै प्रहरीहरुलाई गेटभित्र लखेटेका थिए । त्यसपछि तयारीका साथ आएका प्रहरीहरुले अश्रुग्यास प्रहार गर्दै प्रर्दशनकारीहरुलाई लछापछार गरि नियन्त्रणमा लिएको थियो । पूर्वमन्त्रि पर्शुराम तामाङसहित दुई दर्जन प्रर्दशनकारीहरुलाई प्रहरीले नियन्त्रण लिएको थियो । झडपमा केहि प्रहरी र प्रर्दशनकारीहरु घाइते भएका थिए ।

घाइते प्रर्दशनकारीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीतर्फ सामान्य घाइते भएका थिए । नियन्त्रण्मा लिएर पनि प्रहरीले आफुमाथि दुब्र्यवहार र कुटपिट गरेको प्रर्दशनकारीहरुको भनाई छ । प्रहरीले शान्तिपुर्ण प्रर्दशनमाथि बल प्रयोग गरेर अमानविय ढंगले दमन गरेको जनजाति अगुवाहरुको आरोप छ ।

भिडियो पनि हेर्नुहोस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार