माओवादी केन्द्रले भन्योः धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन थाल्यो, समाधानमा पहलकदमी लिउं

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेकाले त्यसको समाधानका लागि पहलकदमी लिनुपर्ने निष्र्कष निकालेको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारीहरुको बैठक यस्तो निष्र्कष निकाल्दै समाजमा कायम रहँदै आएको सदभाव खल्बलिन नदिन माओवादी केन्द्र स्वयमले पहलकदमी लिनु पर्ने निष्र्कष निकालेको हो ।

समाजमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन नदिन ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा सामाजिक सद्भाव कायम राख्न सबै पार्टी पंक्ति गम्भिरतापूर्वक लाग्नुप¥यो बैठकले निष्र्कष निकालेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

प्रवक्ता सापकोटाले देशमा अराजकताको संकेतहरु देखापरेको भन्दै त्यसलाई गम्भिरतापूर्वक लिएर समाधान गर्न स्वयम माओवादी केन्द्रले पहलकदमी लिनुपर्ने निष्कर्ष निकालिएको बताए ।

अराजकताको अन्त्य गर्दै समाजमा सद्भाव कायम राख्नका लागि विभिन्न सामाजिक संघ, संस्थासँग अन्तरक्रिया गर्ने समेत बैठकले निर्णय गरेको उनले बताए ।

बैठकले विद्यालय शिक्षा विधेयकलाई सरोकारवाला पक्षहरुसँग छलफल गरेर निष्कर्षमा पुर्याउनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता सापकोटाले बताए । बैठकले आन्दोलनरत शिक्षकहरुसँग सम्वाद गरी समस्याको समाधान गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार