बालकृष्ण समको जन्मघर पुगेर बालेनले भनेः ‘सबैले राष्ट्रका लागि काम गर्ने हो, मिलेर गरौँ’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सबैले मिलेर राष्ट्रका लागि काम गर्न आग्रह गरेका छन् ।
आज काठमाडौंको कमलपोखरीस्थित साहित्यकार बालकृष्ण सम जन्मिएको घर पुगेर उनले यस्तो आग्रह गरेका हुन् । उनले राष्ट्रको सम्पत्तिको संरक्षण, मर्मत सम्भारमा महानगर लागि परेको समेत बताए ।

साहित्यकार समको करिब १३० वर्ष पुरानो भवनको निरीक्षण अवलोकन गर्दै मेयर बालेनले संस्कृति, परम्परा र सम्पदा बचाउने, सहरी क्षेत्रमा खुला स्थान जोगाउने र बढाउने कामलाई महानगरले प्राथमिकता दिएको बताए ।

उनले सरकारको स्वामित्वमा भएका जग्गा लिजमा लिएर खुला पार्क निर्माण गर्ने र सकेसम्म धेरै खुल्ला ठाउँ बचाउने कार्यक्रमलाई प्राथमिकता दिएको उनको भनाई छ।

मेयर बालेनसँग सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारी, सल्लाहकार कुमार व्यञ्जनकार, आयोगका सदस्य बाबुराम भट्टराई, सुरज काफ्ले, शिक्षा विभागका प्रमुख सीताराम कोइरालासहितका अधिकारीहरु साहित्यकार समको जन्मघर पुगेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार