
काठमाडौं । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई पतञ्जली जग्गा प्रकरणमा ३५ लाख रुपैयाँ धरौटी बुझाउन विशेष अदालतले आदेश दिएको छ। बुधबार राती विशेष अदालतका न्यायाधीशहरु तेजनारायण सिंह राई, रामबहादुर थापार विदुर कोइरालाको इजलासले नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश गरको हो ।
आयोगले दायर गरेको मुद्दाको बुधबार दिनभर चलेको बयान र थुनछेक बहस सकिएसँगै राती अदालतबाट नेपाललाई धरौटीमा छाड्ने आदेश आएको हो।
बहसमा अख्तियारका तर्फबाट निजी कानुन व्यवसायी वरिष्ठ अधिवक्ता सुशील पन्त, विशेष सकारी वकिलको कार्यालय प्रमुख मोहन सागर बस्याल, भगवनी देवी गौतम, उमाकान्त पौडेल र ज्ञानप्रसाद भुसाल सहभागी थिए भने अध्यक्ष नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, खम्बबहादुर खाती, कृष्णप्रसाद भण्डारी, रमण श्रेष्ठले बहस गरेका थिए।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष समेत नेपाल प्रधानमन्त्री हुँदा २०६६ माघ १८ गते बसेको नेतृत्वको मन्त्रिपरिषदले पतञ्जलिलाई काभ्रेमा ८१५ रोपनी जग्गा किन्न छुट दिने निर्णय गरेको थियो ।
अध्यक्ष नेपालले पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णय गराएर आर्थिक अपचलन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनिसहितका ब्यक्तिहरुमाथि जेठ २२ गते १८ करोड रुपैयाँको बिगोसहित आयोगले नेपाल लगायतका ब्यक्तिहरुमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्धा दर्ता गराएको थियो ।
अदालतको आदेश पढ्नुहोस











