‘रवि निर्दोष’ भन्दै रास्वपाको देशव्यापी हस्ताक्षर अभियानले तरंग, काठमाडौंमा मात्रै १३ वटा बुथ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछाने निर्दोष भन्दै देशव्यापी हस्ताक्षर अभियान तिर्व पारेको छ । असार ७ गते पार्टीको तेस्रो स्थापन दिवसबाट सुरु गरिएको हस्ताक्षर अभियनलाई रास्वपाले देशव्यापी बनाइरहेको छ । पार्टी स्थापन दिवसको अवसरमा माइतीघरबाट सुरु भएको हस्ताक्षर अभियान पार्टीको केन्द्रिय कार्यालय हुँदै देशव्यापी बनाइएको छ ।

सहकारी ठगी लगायतका मुद्धामा भैरहवा जेलमा रहेका लामिछानेको पक्षमा रास्वपाले काठमाडौंमा मात्रै १३ स्थानमा हस्ताक्षर बुथहरु स्थापन गरेको छ ।
रास्वपाका कार्यवाहक सभापति डिपी अर्यालले सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोधको विरोधमा काठमाडौंको कलङ्की चोकमा रहेको हस्ताक्षर बुथको पुगेर शुभारम्भ गरेका छन् ।

अभियनका संयोजक रास्वपा नेता दीपक बोहराका अनुसार रास्वपाले काठमाडौंमा नयाँ बसपार्क, बल्खु, कोटेश्वर, पाटन दरबार स्क्वायर, चाबहिल, जावलाखेल, लगनखेल, बसन्तपुर दरबार स्क्वायर, भक्त दरबार स्क्वायरलगायतका १३ वटा स्थानमा हस्ताक्षरसहित ऐक्यबद्धता बुथहरु स्थापना गरेको छ।

उनकाआुसार असार १४ गते ७७ वटै जिल्ला सदरमुका केन्द्रित हस्ताक्षर अभियान सञ्चालन हुनेछ। त्यसपछि अभियानलाई वडा तहमा विस्तार संयोजक बोहराले बताए।

लामिछानेको मुद्धा अदालतमा विचाराधिन रहेको अवस्थामा जनतामा भ्रम सिंर्जना हुनेगरी रास्वपाले हस्ताक्षर अभियान चलाएको भन्दै आलोचना पनि भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार