
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लैंगिक संवेदनशीलता कुनै विशेष दलको मात्रै होइन् नभएको बताएका छन् ।
पार्टी केन्द्रिय कार्यालय सानेपामा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले लैंगिक संवेदनशीलता कुनै विशेष दलको मात्रै होइन् नभएको बताएका हुन् ।
लैंगिक संवेदनशीलताको विषय समग्र सामाजिक रुपान्तरणको एक महत्त्वपूर्ण विषय भएको उनको भनाई थियो ।
लैंगिक संवेदनशीलताको विषयमा सबै संवेदनशील बन्ने मात्रै सम्मानित, सुरक्षित र समावेशी समाज निर्माण गर्न सकिने देउवालृे बताए ।
लोकतान्त्रिक समाजवादसँग आबद्ध दलहरू, राजनीतिज्ञहरू, सामाजिक आन्दोलनकाबीच समन्वय र सहकार्यको माध्यमबाट प्रभावशाली वैकल्पिक राजनीतिक धारको निर्माण गर्न सकिने सभापति देउवाको भनाइ थियो ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले लैंगिक संवेदनशीलताका विषयलाई सहकार्य र समन्वयमार्फत कार्यान्वयनमा लैजान काँग्रेसले आवश्यक पहल गर्ने समेत बताए ।










