
कंचनपुर । मतदानको अघिल्लो रात कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका कञ्चनपुर २ का उम्मेदवार योगेन्द्र बहादुर साउद रास्वपा छिरेका छन् । उनले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएर रास्वपा उम्मेदवार दीपक बोहरालाई जिताउने गरी पार्टी नै परित्याग गरेका छन् ।
परिवर्तनको मतलाई एकीकृत गर्न आवश्यक ठानेर आफूले यो निर्णय लिएको साउदको भनाइ छ ।
साउदको राजनीतिक पृष्ठभुमी माओवादी जनयुद्धका लडाकु हुन् । माओवादी केन्द्रमा रहेर वाइसीएलमा काम गर्दै उनि चुनावको मुखमा कुलमानको पार्टीमा लागेर निर्वाचनको टिकट हात पारेका थिए । अहिले निर्वाचनको मतदान हुन केहि घण्टा बाँकी रहँदा साउदले आफ्नो उम्मेदवारी नै खारेज गरेर रास्वपा प्रवेश गरेका छन् ।










