करोडौं भारतीय नक्कली नोटसहित पूर्वमन्त्री अन्सारीका छोरा पक्राउ

अन्य तीन पाकिस्तानी नागरिक पनि पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करोडौं भारतिय नक्कली नोटसहित चारजना पक्राउ परेका छन् । शुक्रबार कतार एयरवेजमार्फत दुई वटा सुटकेसमा नक्कली नोटसहित पुर्बमन्त्री सलिम मियां अन्सारीका छोरा युनुस अन्सारी, पाकिस्तानी नागरिक नासिर उद्दिन, मोहमत अतर र नादिया अन्बर पक्राउ परेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।

उनका अनुसार मुर्बमन्त्रीका छोरा अन्सारी सुटकेस लिएर आउने ३ पाकिस्तानी नागरिकलाई ‘रिसिभ’ गर्न विमानस्थल पुगेका थिए ।
बरामद गरिएको दुई सुटकेस नक्कली नोटहरु गन्ने कार्य भइरहेको विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्र ठाकुरले बताए।

प्रहरीको रेर्कड अनुसार नक्कली नोटको कारोवारमा पुर्बमन्त्रीका छोरा अन्सारी पटक पटक समातिदै आएका छन् । पक्राउ परेका अन्सारी नक्कली नोटसहित सन् २०१४ मा पनि पक्राउ परेका थिए। त्यसबखत उनलाई विशेष व्यूरोको टोलीले ३५ लाख नक्कली भारतीय नोटसहित पक्राउ गरेको थियो ।

नक्कली नोटसहित पक्राउ परेका अन्सारी जेल सजाय भुक्तान गरी निस्किएका थिए । नक्कली नोटको कारोबारमा जेलभित्र नै रहेको बेला उनलाई २०६७ साल फागुनमा सुन्धारास्थित केन्द्रीय कारागार भित्रै गोली प्रहार भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार