नेपालमा पहिलो पटक राष्ट्रिय महिला अधिकार दिवस मनाइदैं

काठमाडौं । नेपालमा पहिलो पटक राष्ट्रिय महिला अधिकार दिवस मनाइने भएको छ । बुधबार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री थममाया थापाले दिवस मनाउन लागिएको जानकारी गराएकी हुन् ।

सरकारले २०७६ साललाई लैङ्गिक विभेद अन्त्यको अभियानका रुपमा मनाउन लागिएकाले यसवर्ष देखि जेठ १६ लाई महिला अधिकार दिवसका रूपमा  मनाउन लागिएको बताइएको छ । यसबर्षको नारा ‘लैङ्गिक विभेदको अन्त्य, समृद्ध नेपालको गन्तव्य’ तय गरिएको छ ।

तत्कालीन सांसद विद्यादेवी भण्डारीले आमाको नामबाट नागरिकता, समानुपातिक सहभागिता, महिला हिंसाको अन्त्य लगायतका विषयलाई समेटेर पेस गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव २०६३ साल जेठ १६ गते प्रतिनिधिसभाबाट पारित भएको थियो । सोही दिनको सम्झनामा हरेक बर्ष राष्ट्रिय महिला अधिकार दिवस मनाउने निर्णय हालको जेठ ६ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेको थियो । अबदेखी हरेक बर्ष एउटा विषयमा केन्द्रित भएर दिवस मनाउने र बर्षभरि नै विभिन्न कार्यक्रम गरिने मन्त्री थापाले बताएकी छन् ।

पहिलो महिला अधिकार दिवसका अवसरमा मन्त्रालयले बिहीबार काठमाडौंको राष्ट्रिय सभागृहमा विशेष समारोहको आयोजना गरेको छ । समारोहको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा स्थानीय तहका महिला प्रमुख र उपप्रमुख, महिला अध्यक्ष, उपाध्यक्ष, जिल्ला समन्य समितिका महिला प्रमुख, उपप्रमुख लगायतको सहभागिता रहने मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा बोल्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला हिंसा न्यूनिकरणका लागि थुर्पै अध्यास भएपनि अझै देखिने गरी हिंसा न्यूनिकरण हुन नसकेको बताएकी छन् । नेपालमा अन्तराष्ट्यि महिला दिवस मनाउने देखि संघसंस्थाले समेत जनचेतनामुलक कार्यक्रम संचालन गर्दै आएका भएपनि महिला माथिहुने हिंसा रोक्न मान्छेको मानसिकता नै परिवर्तन गर्नुपर्नेमा जोड दिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार