काठमाडौं । सरकारले आर्थिक वर्षको बजेटमार्फत कर्मचारीको तलव बृद्धि गरेको छ । बुधबार संघीय संसद बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेट प्रस्तुत गर्दै कर्मचारीको १८ देखि २० प्रतिशत तलब वृद्धिको घोषणा गरेका हुन् ।
अर्थमन्त्री खतिवडाका अनुसार सुरुको तलब (व्यसिक) मा राजपत्र अनंकित २० प्रतिशत र राजपत्र अंकित कर्मचारीका लागि १८ प्रतिशत तलब बृद्धि भएको हो ।
तलब बृद्धिसंगै निजामति कर्मचारी, सेना, प्रहरी, शिक्षकलगायत सरकारी सेवामा रहेका कर्मचारीहरु लाभान्वित हुनेछन्।
तलब वृद्धिको तालिका हेरौं