भारतका कारण फेसबुकलाई अवरोध, ३ अर्ब फेसबुक अकाउन्ट बन्द

काठमाडौं । सोसल मिडियामध्ये सबैभन्दा लोकपृय र प्रभावकारी मानिएको फेसबुकमा पछिल्लो समय धेरै बिकृतीहरु आएका छन् । जसका कारण फेसबुक कम्पनीलाई नै बाधा अवरोध पुग्नथालेपछि फेसबुकले ३ अर्ब भन्दाबढि फेसबुक अकाउन्ट बन्द गरेको छ ।

उक्त अकाउन्टहरु फेसकुले ६ महिनाको अवधिमा बन्द गरेको हो । फेसबुक प्रयोगकर्ताहरु अमर्यादित भएका कारण समाजमा विभिन्न बिकृतीहरु फैलिनका साथै ठुला ठुला अपराधका घटनाहरु समेत घट्न थाले । जसलाई नियन्त्रण गर्न फेसबुक कम्पनीलाई नै धौ धौ परेको छ । त्यसैले उसले एउटा उपाय निकाल्दै फेसबुक प्रयोगकर्तामाथी निगरानी गर्दै उसका गतिविधीहरुको आधारमा अकाउन्ट नै बन्द गर्ने निर्णय गर्यो ।

त्यसअनुरुप सन् २०१८ को अक्टोबर महिनादेखि सन् २०१९ को मार्च महिनासम्मको अवधिमा फेसबुकले ३ अर्ब अकाउन्ट खारेज गरेको हो । त्यसमध्ये १ अर्ब २० करोड अकाउन्ट सन् २०१८ को चौथो त्रैमासिकमा र २ अर्ब १९ करोड अकाउन्ट सन् २०१९ को प्रथम त्रैमासिकमा बन्द गरेको फेसबुक कम्पनीले जनाएको छ।

फेसबुकले अमर्यादित हर्कत गर्नेहरु कुन कुन देशका प्रयोगकर्ताले गरिरहेका छन् भनेर अनुसंन्धान समेत गरेको जनाएको छ । अन्तराष्ट्रिय संचारमाध्यमहरुमा जनाइए अनुसार सन् २०१८ को पछिल्लो ६ महिनामा फेसबुकले विश्वका ९ देशमा गरी ५३ वटा मुख्य अवरोधको सामना गर्नुपरेको थियो । सोही वर्षको पहिलो ६ महिनामा ८ देशमा गरी ४८ वटा मुख्य अवरोधको सामना गरेको फेसबुकले जनाएको छ । फेसबुकले सामाना गरेका अवरोधमध्ये ८५ प्रतिशत भारतबाट व्यहोर्नुपरेको थियो।

फेसबुकका एकजना उपाध्यक्ष गाई रोसेनका अनुसार मासिक सक्रिय प्रयोगकर्तामध्ये ५ प्रतिशत फेक अकाउन्ट रहेको खुल्न आएको छ ।

उनका अनुसार फेसबुक प्रयोगकर्ताले हेर्ने हरेक १० हजार सामाग्रीमध्ये ११ देखि १४ वटा सामाग्रीहरुले अश्लीलता तथा यौनिकता सम्बन्धि फेसबुकको नियम उल्लंघन गर्ने प्रकृतीका छन् । फेसबुकमा अमर्यादित र अश्लील हर्कत गर्नेहरुको अकाउन्टबारे आगामी दिनमा समेत निगरानी गरिने उसले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार