पाँचथर । पाँचथरको फिदिम बजारमा भएको आगालागी तिन घण्टापछि नियन्त्रणमा ल्याइएको छ । प्रहरी, दमकल र स्थानीयको लामो प्रयासपछि आगलागि नियन्त्रणमा ल्याइएको हो ।
विहिबार दिउँसो पाँचथरको सदरमुकाम फिदिम बजारमा भएको आगलागीबाट तीनवटा घर र एक होटेल पूर्णरूपमा जलेर नष्ट भएका छन् । आगलागीबाट सङ्गीता राना मगरको दुईतले घर र नजिकै रहेको कर्णकुमार थापामगरको घर नष्ट भएको प्रहरीले जनाएको छ ।
स्थानीय कर्णबहादुर थापा मगरको घरमा तारणी साहले सञ्चालन गरेको मिठाइ पसलमा खारिएको तेलबाट आगो फैलिएको बताइएको छ । आगलागीबाट सावित्री केरुङ योङ्याको घरमा पनि आंशिक क्षति पुगेको छ ।
आगो लागेको थाहापाउने वित्तिकै फिदिम नगरपालिकाको दमकलले नियन्त्रणका लागि प्रयास गरेको थियो । दमकलको पानी सकिदा समेत आगो नियन्त्रणमा नआएपछि बजारमा ल्याइएको खानेपानीको पाइपबाट स्थानीय र प्रहरीले आगो नियन्त्रण गरेका थिए । आगलागिबाट यकिन यति नै क्षति भएको हो भन्ने कुरा थाहा नभएपनि लाखौ क्षति भएको स्थानीयले बताएका छन् ।