ज्यान मार्ने धम्की दिदै रकम असुल्ने राजेन्द्र लामा पक्राउ

काठमाडौं । कोटेश्वर एरियाका व्यापारीलाई धमक्याएर रकम असुल्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान कोटेश्वरको शुभकामना मार्गबाट निमा’ भन्ने राजेन्द्र लामालाई पक्राउ गरिएको हो ।

कोटेश्वर एरियाका ब्यापारीहरुलाई धम्क्याएर महिनावारी पैसा उठाउने र नदिए ज्यान मार्ने धम्की समेत दिदै आएको उजुरी प्रहरीमा परेपछि लामालाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ ।

काभ्रेको साविक भिमखोरीका स्थायी बासिन्दा लामाले सिनामंगलमा कपडा पसल चलाइरहेको भएपनि ब्यापारीहरुबाट महिनावारी पैसा उठाउने गर्दै आएको प्रहरीको भनाइ छ ।

लामालाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्तमा बानेश्वर पठाइने कोटेश्वरका इञ्चार्ज प्रहरी निरीक्षक एलिजा गिरीले जानकारी दिइन ।

उनलाई २०७४ फागुनमा दरबारमार्गबाट पनि प्रहरीले पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार