
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री वर्षमान पुनले अवरुद्ध रहेको विधुत सेवा भोली (साउन १ गते) देखि सुचारु हुने बताएका छन् । बिगत एकसातादेखि परेको अविरल बर्षाका कारण देशका विभिन्न ठाँउमा बाढि पहिरोले विधुत सेवा अवरुद्ध गरेको छ ।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले बाढी, पहिरो र डुबानका कारण अवरुद्ध विद्युत सेवा साउन एक गतेदेखि पुनह सुचारु गर्नेगरी काम भइरहेको जानकारी दिएका हुन् ।
उनले कुलेखानी जलविद्युत आयोजनाको पानीको सतह नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाइएको समेत बताए ।
ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले रानी–जमरा–कुलरिया सिञ्चाई आयोजनाको हालसम्म ८ किलोमिटर मूल नहर निर्माण कार्य सम्पन्न गरिएको समेत पत्रकार सम्मेलनमा जानकारी दिइयो।










