विवाहित र अविवाहित महिलाको हातमा कस्तो मेहन्दी ? साउनको महत्व थाहा पाउनुस (भिडियोसहित)

काठमाडौं । आजदेखि हरियाली महिना ‘साउन’ सुरु भएको छ । यो महिनाको आफ्नै महत्व छ । साउन एक गतेलाई साउने संक्रान्ति पर्वका रुपमा पनि हिन्दु धर्मालम्वीहरुले मनाउने गर्छन ।

असारे रोपाई सकेर मान्छेहरु फुर्सदिला हुने र जताजतै हरियाली देखिने भएका कारण पनि साउनको महत्व धेरै छ ।
अझ हिन्दुनारीहरुका लागि साउन महिना बिषेश नै हो । उनिहरुले साउनको पहिलो दिन हातमा मेहेन्दी रंगाउने र हरियो चुरा, लुगा लगाउने गर्दछन् ।

साउनमा मेहन्दी र चुरालाई विवाहित महिलाहरुले सौभाग्यको प्रतिकको रुपमा लगाउँछन् भने अविवाहित युवती पनि राम्रो वर प्राप्त होस् भनि लगाउँने परम्परा छ ।

हिन्दू धर्मग्रन्थका अनुसार ‘साउनमा माता पार्वतीले पति महादेवलाई खुसी बनाई सौभाग्य प्राप्त गर्न हरिया चुरा, पोते र हातमा मेहेन्दी लगाएको र महादेवबाट सौभाग्य प्राप्त गरेको पौराणिक कथन छ ।

यो बेला बजार शहरमा पनि हिरियो चुरा, पोते, लुगा र मेहन्दीको राम्रै ब्यापार हुने गर्दछ । आजका दिन मेहन्दी लगाउने भिड नै देख्न सकिन्छ । आजको दिन विवाहित अविवाहितहरुले हातमा कस्तो मेहन्दी लाउँछन त ? हेर्नुहोस यो भिडियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार