भिषण बर्षापछि आएको बाढिले गाडी नै बगायो

मकवानपुर । गएरातीदेखि देशका विभिन्न ठाँउमा अविरल बर्षा भइरहेको छ । बर्षाका कारण विभिन्न नदि तथा खोलाहरुका पानीको बहाव बढेर बाढिको खतरा रहेको बताइएको छ । गएरातीदेखिको अविरल बर्षापछि हेटौँडाको कर्राखोलामा आएको बाढीले एक भारतीय गाडी बगाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शिवम् सिमेन्टको कच्चा पदार्थ पु¥याएर फर्कने क्रममा उक्त भारतिय गाडीलाई खोलाले बगाएको हो ।

गाडीका चालक तथा सहचालक भने सकुशल रहेको प्रहरी निरीक्षक अनिश बुढाथोकीले जानकारी दिए ।

असारमा आएको बाढीले बगाएर १२ दिनपछि सञ्चालनमा आएको हेटौँडा पदमपोखरी सडकको डाइभर्सन बगाएपछि पदमपोखरी तथा मनहरि गाउँपालिकाका कतिपय वडाहरुको हेटौँडा आवतजावत बन्द भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार