नवनियुक्त मन्त्री भट्टराईले भने, ‘अब मन्त्रालयमा आइस्योस, गइस्योस चल्दैन,

मन्त्रालयमा कार्यालय सहयोगीदेखि सचिवसम्म समान हुन

काठमाडौं । युवाहरु माझ लोकपृय युवा नेता नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले मन्त्रालयमा हुने गरेका भनसुन जिउ हजुरी नचलने बताएका छन् ।

बुधबार पदबहाली ग्रहण गर्दै भने, “मन्त्रालयमा अबदेखि आइस्योस, गइस्योस चल्दैन, मन्त्रालयमा पद अनुसार सम्बोधन चल्दैन । मन्त्रालयमा कार्यालय सहयोगीदेखि सचिवसम्म समान हुन ।”

मन्त्री भट्टराइले आफुले गर्ने केहि बिशेष कामहरुको बिषयमा प्रधानमन्त्रीसँग सल्लाह गरेर मात्रै घोषणा गर्ने बताए ।
मन्त्रालयमा सबैसंग सर सल्लाह गरेर अघि बढ्ने भन्दै मन्त्री भट्टराईले सञ्चार जगतसँग नभाग्ने बताउँदै सञ्चार जगतको भूमिका ठूलो रहेको बताए ।

“देश बनाउने दायित्व प्रधानमन्त्रीको, मन्त्रीको, मन्त्रालयका सचिवको मात्र हैन हामी सबैको हो उनले भने, देश बनाउने कुरामा सबैको महत्वपुर्ण भूमिकाको अपेक्षा गरेको छु ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार