काठमाडौं । काठमाठौंको थापाथलीस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा तानवपुर्ण स्थिती भएको छ । उपचारका क्रममा बच्चाको मृत्यु भएपछि मृतकका आफन्तले ग्राण्डी अस्पतालमा प्रदर्शन गरेपछि तनावपुर्णस्थिती भएको हो ।
चिकित्सकको लापरवाहीको कारण बच्चाको मृत्यु भएको परिवारजनको आरोप छ । बच्चाको मृत्युबारे छानविन हुनुपर्ने भन्दै मृतक बालकका आफन्तहरुले अस्पतालमा नारावाजी गर्दै प्रर्दशन गरेका छन् ।
घटना यस्तो छ
गोल्फुटारकी निशा तामाङले असार २० गतेमा जुम्ल्याह बच्चा जन्माइन । तर, एउटा बच्चाको साउन ६ गते मृत्यु भयो ।
अस्पतालका डाक्टर र नर्सहरुको लापरवाहीकारण बच्चाको मृत्यु भएको बच्चाका आफन्तले दावी गरेका छन् । तर, अस्पतालले इन्फेक्शनका कारण बच्चाको मृत्यु भएको बताइरहेको छ ।
पीडित परिवारको भनाई अनुसार सामान्य अवस्थामा रहेको बच्चालाई अस्पतालले पैसाका लागि आइसीयूमा राखेको थियो ।
बच्चाको मृत्युबारे छानविन गर्न अस्पताललाई पटक पटक आग्रह गर्दै आएको भएपनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बच्चाका बुवा दोर्जेको भनाई छ ।
“महंगो अस्पताल भन्दैमा उपचार राम्रो हुन्न भन्ने सबैलाई जानकारी दिन आन्दोलन गरेका हौंउ दोर्जेले भने, ‘त्यही दिन अर्को बच्चालाई अर्को अस्पताल नलगेको भए जे पनि हुन सक्थ्यो ।”
बच्चाको मृत्युका बिषयमा पीडित र अस्पतालबीच छलफल भएर अवस्था सामान्य पारिएको बताइएको छ ।










