प्रहरीद्धारा स्वयम्भुमा गोली हानेर २ जना पक्राउ

काठमाडौं । काठमाडौंको स्वयम्भुबाट प्रहरीले गोली हानेर २ जनालाई पक्राउ गरेको छ । गाँउपालिकाका अध्यक्षलाई मार्ने धम्की दिने लोप्सन, मिलन,  भनेर आफुलाई चिनाउने बाबुराम तामाङलाई  स्वयम्भूस्थित बिजेश्वरी हाउजिङमा गोली हानेर प्रहरीले पक्राउ गरेको हो । उनिसंगै अमृत तामा भन्ने पनि पक्राउ परेका छन् ।

रामेछाप मन्थली नगरपालिकाका बाबुरामले सोही जिल्लाको लिखु गाउँपालिका अध्यक्ष गोविन्द खड्कालाई टेलिफोनबाट दुई करोड माग्दै ज्यान मार्ने धम्की दिएका थिए ।

धम्की दिदै रकम असुल्ने बाबुरामलाई प्रहरीले खोज अनुसन्धान गर्दा स्वयम्भूको विजेश्वरी हाउजिङस्थित एक क्याफेमा देखेपछि पक्राउ गर्न खोज्दा भागेका उनलाई गोली हानी नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी सहकुल थापाले अनमोलपोस्टलाई जानकारी दिए ।

सुरुमा बाबुरामले आफुलाई लोप्सन, मिलन, विजय भनेर झुक्याएको भएपनि उनको वास्तविक नाम बाबुराम तामाङ खुल्न खाएको एसएसपी थापाले बताए ।

प्रहरीले बाबुरामलाई दुई राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिएको हो। घुँडामा प्रहरीको गोली लागेर घाइते भएका बाबुरामको अहिले वीरको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार