
धादिङ । जथाभावी स्काभेटर प्रयोगका कारण अकालमा ज्यान गएको भन्दै आक्रोशित स्थानियहरुले ३ वटा स्काभेटरमा आगजनी गरेका छन् ।
धादिङको गजुरी गाउँपालिका ६ ठुलिफाट दरिङाल खोलामा शनिवार बिहान १० वजेतीर दुई युवाको ज्यान गएपछि आक्रोशित स्थानियहरुले खोलामा रहेका ३ वटा स्काभेटरमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
खोलामा स्काभेटरले बनाएको खाल्डोमा डुवेर गजुरी गाउँपालिका ७ का अन्दाजी १९ बर्षिय भिम तामाङ र २१ बर्षिय सुमन तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
उनिहरु बिहान १० बजेतिर पौडि खेल्न जाँदा खालामा रहेको खाल्टोपरी डुबेका थिए । उनिहर संगै पौडी खेल्न गएका दुईजना भने पौडिएर बाँच्न सफल भएका छन् ।
स्काभेर लगाएर खोलाको ठाउँ ठाउँमा गहिरो खाडल बनाएका कारण दुवै जना खाडलमा फसेर ज्यान गएको स्थानीयको भनाई छ ।
स्थानिय नदी तथा खोलामा जथाभावी स्काभेटरको प्रयोग गरेर बालुवा उत्खनन गर्न रोक लगाईएको भएपनि प्रहरी प्रशासनको आँखा छल्दै धादिङमा बालुवा तस्करहरुले जथाभावी स्काभेटरको प्रयोगगरी बालुवा निकासी भइरहेको स्थानयको आरोप छ ।
अबैध दोहनमा संलग्न भएकाहरुमाथि कारवाही र खोलामा धराप बनाएर सर्वसाधरणको ज्यान गएको घटनाको छानविन गरि दोषिमाथि कडा कारवाही र मृतकका आश्रित परिवारलाई क्षतीपुर्तिको माग राख्दै स्थानीयले खोलाबाट शव उठाउन दिएका छैनन ।
स्थानीयले पटक पटक खोलामा मेशिन नलगाउन दवाव दिंदै आएपनि बालुवा तस्करहरुले रातीको समय पारेर गहिरो खाडल बनाई बालुवा निकाल्दै आईरहेको स्थानीयबासीको बताउँछन ।
यसअघि दरियाँल खोलामा गैरकानूनी ढंगले संचालन गरिएका ३ वटा मेशिन स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए ।
भिडियो











