कुलमानको कमालः प्राधिकरणलाई ७ अर्ब २० करोड मुनाफा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०७५/ ७६ मा ७ अर्ब २० करोड मुनाफा भएको जनाएको छ ।
प्राधिकरणले मंगलबार दिउँसो आफ्नो वार्षिक उपलब्धी सार्वजनिक गर्दै आर्थिक वर्ष २०७५/७६ मा ७ अर्ब २० करोड मुनाफा भएको जानकारी दिएको हो ।

आर्थिक वर्ष २०७४/७५ मा २ अर्ब ९० करोड नाफामा गरेको प्राधिकरणले यसवर्ष लगभग ४ अर्ब वृद्धि भएको छ ।
प्राधिकरणको वार्षिक उपलव्धी विवरण अनुसार विद्युत उपयोग गर्ने उपभोक्ता ४५ लाख पुगेका छन् । जुन गत वर्षभन्दा १० प्रतिशतले बढी हो।
अघिल्लो वर्ष विद्युत चुहावट २०.४५ प्रतिशत रहेकोमा यस वर्ष पाँच प्रतिशतले घटाएर १५.३२ प्रतिशत पुगेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा आयोजित वार्षिक प्रगति विवरण पेश गर्दै कुलमानले भने, हामीले लगातार प्रधिकरणलाई नाफामा लगिरहेका छौं ।

सधै घाटामा चलिरहेको प्राधिकरणमा घिसिङले नेतृत्व गरेपछि लगातार नाफामा छ । तीन वर्ष अगाडिसम्म अर्बा‌ैं रुपैयाँ घाटामा डुबेको थियो ।
आर्थिक वर्ष २०७३/७४ मा एक अर्ब ५० करोड रुपैयाँ नाफा गरेका थियो । घिसिङ आउनु अघि आर्थिक वर्ष २०७२/७३ मा आठ अर्ब ८९ करोड रुपैयाँ घाटा रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार