काठमाडौँ । भोलि (बिहीबार) देखि काठमाडौं उपत्यकामा लगातार ३ दिन सार्वजनिक विदा परेको छ ।
भोली (बिहीबार) जनै पूर्णी (रक्षाबन्धन) को अवसरमा संघिय सरकारले सार्वजनिक विदा दिएको छ भने पर्सी (शुक्रबार) गाइजात्रा पर्वको विदा परेको। यसरी बिहीबार र शुक्रबार लगातार दुई दिन पर्व विदा परेको छ ।
त्यसैगरी दुइृ दिन पर्व विदा मनाइसकेपछि तेस्रो दिन साप्ताहीक विदा शनिबार परेपछि लगातार ३ दिन विदा भएको हो ।
एकै पटक ३ दिन विदा परेपछि बिशेषगरी सरकारी कर्मचारीहरु बढि लाभाम्वित भएका छन् ।
लगातार ३ दिन लामो विदा परेपछि कतिपयले घुम्ने, साथीभाईसंग रमाउने योजना समेत बनाएका छन् ।
कतिपय निजिक्षेत्र तथा संघसंस्थाहरुमा पर्व विदा नदिइने भएकाले ३ दिनको विदा उनिहरुले उपभोग गर्न पाउने छैनन् ।










