काठमाडौँ । बुधबार काठमाडौंमा भएको सवारी दुर्घटनाले एकको ज्यान लिएको छ । काठमाडौँ महानगरपालिका–१६ बालाजुमा सवारी दुर्घटना हुँदा ललितपुरका ५५ वर्षीय उद्धव सुनाम नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालाजु औद्योगिक क्षेत्र मूलद्वार नजिक ना ४ ख १४७९ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते नेपालीको पिपल्स अस्पताल नयाँबजारमा उपचारकाक्रममा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापाले जानकारी दिए ।
मृत्यु भएका नेपाली नेपाल बैंक लिमिटेड ललितपुरमा कार्यरत भएको अनुसन्धानमा खुलेको छ । ट्रक पछाडि सार्न खोज्दा पछिल्लो चक्काले किचेर उनि गम्भीर घाइते भएका थिए । दुर्घटनामा संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।











